वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनको क्रममा ९५ बोरा छोकडा समातेको छ।
केही खान अयोग्य र केही लेबल नभएको छोकडा पक्राउ गरेको हो। छोकडा बिक्रेतालाई ९ लाख रुपैयाँ जरिवाना समेत गरेको हो।
विभागका अनुसार कालिका कुरियर्स कार्गो सानेपाले खान अयोग्य छोकडा राखेको फेला पारेको हो। उक्त फर्मलाई ३ लाख जरिवाना गरेर वस्तु रोक्का राखेको छ।
त्यस्तै एभ्रिटाइम फुड काँडाघारीले पनि १० बोरा बिक्रीको लागि राखेको देखिएको हो। जसलाई समेत ३ लाख जरिवाना गरी फर्मलाई शिल गरिएको छ।
चोभार कोल्ड स्टोर दक्षिणकालीले १५ बोरा राखेको पाइएके छ। उक्त वस्तुलाई रोक्का राखिएको छ।
विन्दु मसला ट्रेडर्स टोखाले २२ बोरा लेबल नभएको छोकडा राखेको पाइएको छ। जसलाई ३ लाख रुपैयाँ जरिवाना गरी गोदाम सिल गरिएको विभागले जानकारी दिएको हो।
120
Shares
प्रतिक्रिया