चौधरी ग्रुपले चैत महिनाभित्रै हिरोका मोटरसाइकल तथा स्कुटर नेपालमै एसेम्बल गर्ने भएको छ।
हिरो मोटोकर्पको आधिकारिक बिक्रेता चौधरी ग्रुपले एसेम्बलिङ उद्योग स्थापनाको तयारीलाई तीव्रता दिएको हो।
उत्पादक कम्पनी हिरो मोटोकर्प र सीजी मोटर्स दुवैले नेपालमा एसेम्बलिङ उत्पादनका लागि पूर्वाधार बनाउने घोषणा गरिसकेका छन्।
‘चैतभित्रै मोटरसाइकल र स्कुटर एसेम्बल सुरुगर्ने तयारीका साथ प्लान्ट निर्माण सुरु गरेका छौँ,’ सीजी मोटर्सका किरण आचार्यले भने।
सीजी मोटर्सले एसेम्बल प्लान्ट निर्माण गर्न प्रारम्भिक वातावरण परीक्षण गरिसकेको छ। सीजी फ्युचर्स फ्याक्ट्रको नामबाट सीजी इन्डस्ट्रियल पार्क रहेका नवलपरासीको देवचुली नगरपालिकामा एसेम्ली प्लान्ट निर्माण गर्दैछ।
वार्षिक ३० हजार युनिट स्कुटर र मोटरसाइकल एसेम्बली गर्ने क्षमता रहेको छ।
सीजी मोटर्सले देशमा नयाँ लगानी ल्याउने र रोजगारीका अवसर सिर्जना गरिने जनाएको छ।
सीजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले विश्वव्यापी छवि बनाएको, मोटरसाइकल र स्कुटरको उत्पादनमा नेतृत्व गरिरहेको कम्पनीसँगको साझेदारीसँगै सीजी मोटर्सको अटोबजारमा जबर्जस्त प्रवेश भएको बताए।
उनले नेपालमा चुस्त एसेम्बलिङ युनिट स्थापना गरी हिरोको बजार विस्तारको तयारी भैरहेको जानकारी दिए।
Shares
प्रतिक्रिया