ad ad

कारोबार


महाराजगन्जका यी ठाउँमा अबको एक साता जाँदै छ दैनिक चार घण्टा बिजुली

महाराजगन्जका यी ठाउँमा अबको एक साता जाँदै छ दैनिक चार घण्टा बिजुली

फाइल तस्बिर


नेपालखबर
फागुन १६, २०८० बुधबार ९:२६, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको महाराजगन्ज क्षेत्रका केही ठाउँमा अबको सात दिन चार घण्टासम्म विद्युत आपूर्ति बन्द हुने जनाएको छ।

महाराजगन्ज क्षेत्रको केही ठाउँमा विद्युत् लाइन भूमिगत गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणको बुधबार जारी गरेको सूचनामा उल्लेख छ।  

आज महाराजगन्जको मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ।

त्यसैगरी भोली (फागुन १७ गते) गोंगबु, सामाखुसी, टाउन प्लानिङ क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बत्ती जानेछ भने १८ गते चपली घुम्ती चोक र पासिकोट क्षेत्र, १९ गते हेपालीहाइटदेखि धापासी विद्यालय हुँदै दाहाल गौंडासम्मको क्षेत्रमा ४ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुनेछ।

त्यसैगरी २० गते लाजिम्पाटदेखि राष्ट्रपति भवन, टुँडालदेवीसम्मको क्षेत्र, २१ र २२ गते गोल्फुटारदेखि ह्याम्स अस्पतालसम्मको क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने छ। 

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .