प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक पदाधिकारीबाट समयमै निर्णय नगर्ने, निर्णय पन्छाउने र अन्तर्निकाय समन्वयमा आवश्यक पहल नलिने प्रवृत्ति बढेको बताएका छन्।
चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा बैठकमा उनले यस्तो गुनासो गरेका हुन्।
उनले भने, ‘मैले बारम्बार जोड दिँदै आएको छु, प्रचलित ऐन, नियमको परिधिभित्र रही निर्णय गर्न कसैले हिच्काउनु हुँदैन, पर्दैन।’
कुनै पनि सार्वजनिक पदाधिकारीले असल नियतले गरेको निर्णयको बचावट गर्न र त्यस्तो कर्मचारीको संरक्षण गर्न आफू सदैव प्रतिबद्ध रहेको पनि उनले बताएका छन्।
‘तसर्थ सोहीबमोजिम गतिशील र सिर्जनशील भूमिका निर्वाह गर्न तत्पर रहनुहोला’, उनको आग्रह छ।
45
Shares
प्रतिक्रिया