ad ad

कारोबार


युरो र पाउन्डको मूल्य बढ्दा अमेरिकी डलरसहित धेरै विदेशी मुद्राको घट्यो

युरो र पाउन्डको मूल्य बढ्दा अमेरिकी डलरसहित धेरै विदेशी मुद्राको घट्यो

फाइल तस्बिर


नेपालखबर
फागुन १८, २०८० शुक्रबार ५:३०, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ। आज युरो र पाउन्डको मूल्य बढ्दा अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती दिनार, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।  

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९७ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा थियो। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०९ पैसा निर्धारण भएको छ। हिजो युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ २० र बिक्रीदर १४३ रुपैयाँ ८४ पैसा थियो। 

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६८ रुपैयाँ २८ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा थियो। 

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ र बिक्रीदर ८६ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४४ पैसा थियो। 

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ २१ पैसा र बिक्रीदर ४३२ रुपैयाँ १६ निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ १८ पैसा र बिक्रीदर ४३२ रुपैयाँ १३ पैसा थियो। 

आजको लागि बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ७१ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ७५ पैसा थियो। 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .