ad ad

कारोबार


साताको सेयर : १८ सयको लाइनमा बजार, बन्नसक्छ लगानीकर्तालाई अवसर

साताको सेयर : १८ सयको लाइनमा बजार, बन्नसक्छ लगानीकर्तालाई अवसर

नेपालखबर
फागुन १८, २०८० शुक्रबार १६:३, काठमाडौँ

यो साता पाँच कारोबार दिनमा तीन दिन ओरालो लागेको बजार दुई कारोबार दिन सामान्य अंकले बढ्न सफल देखियो।

साताको पहिलो कारोबार दिन (आइतबार) २६.८१ अंकले घटेको बजार त्यसपछि दुई दिन २२ अंकले बढेपनि त्यसपछि पुनः २९ अंकले ओरालो लागेर १९७२.०९ विन्दुमा झरेको छ।

सातामा पाँच दिन खुलेको बजार सम्रगमा ३३.७४ अंकले घटेर १९७२.०९ विन्दुमा अडिएको छ। यो साता नेप्से परिसूचक घटेसँगै कारोबार समेत खुम्चिएको छ। यो साता बजारमा १ १ अर्ब बढीको कारोबार भएको छ।

गत साता बजारमा १२ अर्बको कारोबार भएको थियो। गत साताको तुलनामा यो साता कारोबार १ अर्बले घटेको छ।

यो साता बैंकिङ क्षेत्रमा देखिएका केही घटानाको प्रभाव बजारमा परेको छ। बैंकहरू डुब्ने जस्ता सामाजिक संजालका अभिव्यक्तिले सर्वसाधारणको मनोविज्ञान नै कमजोर पारेको देखिन्छ। साथै, तत्कालिक सेञ्चुरी कमर्सियल बैंकका पूर्वसीइओसहित केही वहालवाला कर्मचारी धितो मूल्याङ्कन बदमासी गरेको भन्दै पक्राउ परेको विषयले लगानीकर्ताको मनोबल नै कमजोर देखिँदा त्यसको प्रभाव बजारमा देखिएको जानकार बताउँछन्।

जसकारण यो साता ठूलो भोलुमका बैंकहरुको सेयरमूल्य घट्दा त्यसको असर बजारमा समेत परेको उनीहरु बताउँछन्। बजारको ठूलो भोलुमका केही वाणिज्य बैंकको सेयरमूल्य घट्दा त्यसले बजारको समग्र इन्डेक्स घटेर बजार बढ्न नसकेको उनीहरुको भनाई छ।

गतसाता चार कारोबार दिन नै घटेको बजारमा कारोबार समेत आधा नै खुम्चिएको थियो। बजार घट्दा कारोबार खुम्चिँदै जादा यो साता बजार लय समाउने ठाँउ भएपनि बैंकिङ क्षेत्रमा देखिएका केही घटनाले बजार पुनः १८ सय तिर झर्न थालेको छ। घटिरहेको बजारमा कारोबार खुम्चिँदा लगानीकर्ताको मनोबल बढ्न थालेको संकेत हो।

तर, आगामी साता बैंकिङ क्षेत्रमा देखिएको त्रासले लगानीकर्ता पर्ख र हेरको अवस्था रहनसक्ने उनीहरू बताउँछन्। यसअघि ४ पटक १८ विन्दुबाट बाउन्स ब्याक भएको बजार यतिबेला १९७२ विन्दुमा झरेको हुँदा अब लगानीकर्ताको लागि अवसर बनेको उनीहरु बताउँछन्।  

घट्दो ब्याजदर र प्रणालीमा अधिकतम तरलताको अवस्था भएपनि बैंकिङ क्षेत्रमा देखिएका केही घटनाले बजार लय लिन नसको उनीहरको भनाई छ।

तर, बजार १८ सय विन्दु नजिक झरिसकेको हुँदा यो लगानीकर्ताको लागि अवसर बन्न सक्ने देखिन्छ।

यो साता १३ उपसूचकमध्ये ४ बढ्दा अन्यमा गिरावट देखियो। यो साता ट्रेडिङ, निर्जीवन, म्यानिफ्याक्चरिङ र इन्भेष्टमेन्ट उपसूचक बढ्दा अन्य ९ उपसूचकमा गिरावट देखिएको छ।

यो साता सर्वाधिक कमाउने र गुमाउने कम्पनी
यो साता सर्वाधिक कमाउनेमा बोटलर्स नेपाल (बालाजु)का लगानीकर्ता छन्। यस साता कम्पनीका लगानीकर्ताले यो साता उच्च दरले कमाउन सफल रहे। पछिल्लो समय यस कम्पनीको सेयरमूल्य निरन्तर उकालो लाग्दै प्रतिकित्ता सेयरमूल्य २१ हजार ६०५ रुपैयाँ पुगेको छ।

त्यसैगरी, मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ता र बोटलर्स नेपाल (तराई)का लगानीकर्ताले यो साता कमाएका छन्।

साथै, चिरखुवा हाइड्रोपावर, विशाल बजार कम्पनी र विपीडब्लू लघुवित्त कम्पनीका लगानीकर्ताले पनि उच्च दरले कमाएका छन्।

यो साता नेप्सेमा सर्वाधिक गुमाउनेमा समाज लघुवित्तका लगानीकर्ता रहेका छन्। यसैगरी यो साता सर्वाधिक गुमाउनेमा मौलुङ हाइड्रोपावर, जोशी हाइड्रोपावर, समलिङ हाइड्रोपावर र बलेफी हाइड्रोपावरका लगानीकर्ता छन।

सर्वाधिक कारोबार गर्ने हिमालयन रि
यो साता सोनापुर मिनिरल एण्ड आयल कम्पनीको सर्वाधिक कारोबार भएको छ। यो साता यस कम्पनीको ५२ करोड २५ लाखको कारोबार भएको छ।

त्यसैगरी यो साता हिमालयन रि–इन्स्योरेन्सको ४१ करोड २५ लाख, सन नेपाल लाइफ इन्स्योरेन्सको ३८ कराड २४ लाख र जोशी हाइड्रोपावर कम्पनीको ३२ करोड ६७ लाखको कारोबार भएको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता माग भएको सेयरको सूचीमा शीर्ष स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन रि इन्स्योरेन्स र चिखुवा हाइड्रोपावर कम्पनीको यो साता सर्वाधिक सेयर डिमान्ड रहेको छ।

त्यसैगरी, यो साता सर्वाधिक डिमान्ड रहेका कम्पनीको सप्लाई अर्थात् बिक्री चाप समेत उच्च नै देखिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .