ad ad

कारोबार


गोल्छा र मुरारकाकाे साथ लिएर किशोर प्रधानद्वारा उम्मेदवारी घोषणा

गोल्छा र मुरारकाकाे साथ लिएर किशोर प्रधानद्वारा उम्मेदवारी घोषणा

नेपालखबर
फागुन १, २०७६ बिहिबार ११:४०,

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानले उम्मेदवारी घाेषणा गरेका छन्। महासंघको जिल्लागत उपाध्यक्ष रहेका प्रधानले पूर्व अध्यक्ष कुशकुमार जोशी, निवर्तमान अध्यक्ष पशुपति मुरारका, हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा सहितको साथ लिएर आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

उनले आज विराटनगरमा एक कार्यक्रममको आयोजना नै गरेर उम्मेदवारी घोषणा गरेका हुन्। चैत २८ गते महासंघको महाधिवेशनको हुँदै छ। त्यसको लागि चुनावी माहोल पनि बढ्दै गएको छ।

प्रधानले आफ्नो टोलीमा प्रभावशाली व्यावसायीहरुलाई समेत राखेका छन्। वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्लागत उपाध्यक्षमा दिनेश श्रेष्ठलाई साथमा राखेका छन्। अटो व्यवसायी अन्जन श्रेष्ठ नाडाको अध्यक्ष भैसकका छन्। उनी हाल महासंघको केन्द्रीय सदस्य रहेका छन्। त्यस्तै दिनेश श्रेष्ठ महासंघको वस्तुगत उपाध्यक्ष भैसकेका छन्। उनी हाल काठमाडौं उद्योग वाणिज्य संघको अध्यक्ष हुन्।

चैतमा हुने महाधिवेशनको लागि चन्द्रप्रसाद ढकालले समेत वरिष्ठ उपाध्यक्षको लागि उम्मेदवारी घोषणा गरिसकेको छन्। उनले आफ्नो गृह जिल्ला बाग्लुङबाट उम्मेदवारी घोषणा गरेका थिए।

golxa-murarka-pradhan.jpg

त्यस्तै प्रधानले पनि आफ्नो गृह जिल्ला मोरङबाटै उम्मेदवारी घाेषणा गरेका हुन्। महासंघमा वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था छ। साेही व्यवस्था अनुसार शेखर गोल्छा अध्यक्ष बन्दै छन्।

आजको उम्मेदवारी घोषणाले गोल्छाको साथ प्रधानलाई हुने भएको देखाएकाे छ। ढकाल पल्छिल्लो समय महासंघको राजनीतिक खेलाडीको उपमा पाएका चण्डिराज ढकालको साथमा रहेकाले मुरारका तथा गोल्छा उनीबाट टाढिएको अनुमान छ।

महासंघकाे अघिल्लाे अधिवेशनमा गाेल्छा र प्रधान नै वरिष्ठ उपाध्यक्षमा भिडेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .