ad ad

कारोबार


डिशहोमले प्रत्येक साता २ लाख नगद जित्ने अफर ल्याएको छः जीएम सापकोटा

डिशहोमले प्रत्येक साता २ लाख नगद जित्ने अफर ल्याएको छः जीएम सापकोटा

नेपालखबर
फागुन १, २०७६ बिहिबार ११:४८,

देशभर गुणस्तरीय टेलिभिजन च्यानल सेवा प्रदान गर्दै आएको तथा इन्टरनेट सेवा समेत सुरु गर्नलागेको डिशहोम प्रालिले नयाँ अफर ल्याएको छ। नेपालभर ५ हजार डिलर रहेको डिशहोमले साप्ताहिक रुपमा २ जनालाई प्रतिव्यक्ति एक लाख रुपैयाँ दिन लागेको हो।

डिशहोमले ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले ‘डिशहोममा डिलर दाईको डिस्काउण्ट’ नामक अफर ल्याएको र सो अफरमार्फत दुई लाख रुपैयाँ प्रदान गर्न लागिएको कम्पनीका सेल्सतर्फका जनरल म्यानेजर रमेश सापकोटाले बताए। उनले नेपालखबरसँग भने, ‘अहिले नेपालभर ५ हजार डिलर डिशहोमका रहेका छन्। सोही डिलरहरुमार्फत फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरेबापत ‘एड अन’ प्याकेजसहित अफर दिन्छौँ।’

‘साप्ताहिक लक्की ड्र’मा भाग लिने अवसर प्राप्त हुनेछ र हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रतिव्यक्ति एक लाख नगद उपहार जित्ने उनको भनाइ छ। उक्त कार्यक्रम सोमबारदेखि लागू भइसकेको छ। योजना फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुको लागि मात्र लागू हुनेछ।

अफर जितेको कसरी थाहा पाउने ?
जनरल म्यानेजर सापकोटाका अनुसार डिशहोमको ‘शो केस च्यालन’ च्यानल नं १०० बाट प्रसारण हुँदै आएको छ। सो च्यानलबाट ‘साप्ताहिक लक्की ड्र’ डिशहोमको ‘शो केस च्यानल नं. १००’ मा प्रत्येक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रसारण गरिनेछ। त्यसबाट आफूले जितेको थाहा हुनेछ। पहिलो लक्की ड्रबाट भोलि अर्थात् २ गते हुने सापकोटाले जानकारी दिए।

प्रत्येक हप्ताको शुक्रबारदेखि बिहीबारसम्म वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई आउने शुक्रबारको ‘लक्की ड्र’मा समावेश गरिने र फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई मात्र ‘साप्ताहिक लक्की ड्र’मा समावेश उनको भनाइ छ।

समावेश भएका ग्राहकहरुको डिश होम सेट–टप बक्सको केस आईडीको आधारमा विजेताको घोषणा गरिनेछ। विजेताको घोषणा डिजिटल प्रणालीबाट गरिनेछ। त्यसको लागि सबैले यो योजनामा सहभागिता गराउनेको लागि पनि सर्वसाधारणसँग सापकोटाले आग्रह गरेका छन्।

यो योजना एउटा अफर मात्रै नभई डिशहोम प्रयोगकर्ताहरुको लागि थप सुविधा दिएको रुपमा आफूले लिएको उनको भनाइ छ। आगामी दिनमा पनि डिस होमले उपभोक्ता लक्षित कार्यक्रमहरु जारी राख्ने तथा उपभोक्ताहरुको चाहनामा टिभी च्यानलको समेत विस्तार गरिने बताए। उपभोक्ता नै डिशहोमको केन्द्रविन्दु भएको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .