ad ad

ग्लोबल


सिड्नीमा महिलामाथि यौन दुर्व्यवहार गर्न खोज्ने नेपाली ठूलो कारबाहीबाट जोगिए

सिड्नीमा महिलामाथि यौन दुर्व्यवहार गर्न खोज्ने नेपाली ठूलो कारबाहीबाट जोगिए

नेपालखबर
फागुन १, २०७६ बिहिबार ११:५४,

गतवर्षको अप्रिल २० मा च्याट्सउड स्टेसनबाट रेलमा राति घर फर्कने क्रममा नाम नखुलाइएका ती नेपाली नागरिकले एक महिलाको छातीमा पक्रिएको बेलायती पत्रिका टेलिग्राफले बताएको छ।

३१ वर्षका ती पुरुष मदिराले मात्तिएका थिए। उनले हर्ट्सभिलेबाट फर्कने क्रममा महिलामाथि यौन दुव्र्यवहारको प्रयास गरेका थिए। साथीकोमा पार्टीमा समावेश भएकाले उनी मात्तिएको अनुसन्धानमा देखिएको छ।

अनुसन्धानका क्रममा नेपाली मूलको भएको पत्ता लागेका ती पुरुषले आफ्नो छातीमा पक्रिएर चुम्बन गर्ने प्रयत्न गरेको महिलाले प्रहरीमा उजुरी दिएकी थिइन्।

पीडित महिलाले प्रहरीलाई यस घटनाबारे खबर गरेपछि उनी गत वर्षको जुन ६ मै पक्राउ परेका थिए।

हालै अदालतले उनलाई सजाय सुनाउँदा उनी ठूलो सजायबाट जोगिएका हुन्। हर्न्सबाई अदालतले ती नेपाली नागरिकलाई सुध्रिने मौका दिएको हो।

सजायअनुसार अब उनले दुई वर्षसम्म समुदाय सुधारक काममा संलग्न हुनुपर्नेछ। साथै ३ सय घन्टा त्यहाँको समुदायको सेवामा कार्य गर्नुपर्नेछ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .