दक्षिण कोरियाले नेपालीका लागि वैदेशिक रोजगारीका ३ क्षेत्र थप गरेको छ।
यसअघि कृषि तथा पशुपालन, उत्पादनमूलक र शिपबिल्डिङ क्षेत्रमा मात्रै नेपालीलाई लगिरहेको कोरियाले वन, सेवा र रुट इन्डस्ट्री क्षेत्र थप गरेको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले एक सूचनामार्फत उक्त जानकारी दिएको छ।
यसअनुसार २०२४ देखि नै थप क्षेत्रमा समेत नेपाली जान पाउनेछन्।
उक्त क्षेत्रमा नेपालबाट कामदार लैजान र विगत वर्षभन्दा सन् २०२४ मा अझ बढी संख्यामा नेपाली कामदार कोरिया लैजाने भनी कोरिया सरकारले पत्र नै पठाएको ईपीएस ग्वार्को शाखाले जनाएको छ।
5.4k
Shares
प्रतिक्रिया