जिल्लास्तरको जनसंख्या वितरणअनुसार काठमाडौंमा नै सबैभन्दा बढी जनसंख्या बस्ने गरेको पाइएको छ।
कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ मध्ये काठमाडौंमा ७ प्रतिशत र सबैभन्दा कम मनाङमा ०.०१ प्रतिशत अर्थात् ५ हजार ६ सय ५८ जना बस्ने गरेको पाइएको छ।
सबैभनदा बढी ऋणात्मक वार्षिक वृद्धिदर रामेछापमा (–१.६७ प्रतिशत) छ।
जिल्लाअनुसार देशको सबैभन्दा बढी जनघनत्व (५,१६९ जना) काठमाडौं जिल्लामा पाइएको छ। त्यसपछि भक्तपुर (३,६३१ जना) र ललितपुर (१,४३३ जना) जिल्लामा छ। नेपालको सबैभन्दा कम जनघनत्व भएका जिल्लामा मनाङ (३ जना), मुस्ताङ (४ जना) र डोल्पा (५ जना) पर्छन्।
702
Shares
प्रतिक्रिया