पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धन फ्रान्समा हुने पेरिस पारालिम्पिक गेम्सका लागि छनोट भएकी छिन्।
चीनमा जारी पारा ओलम्पिकको एसियन छनोटमा साेमबार पलेसाले के ४४ अन्तर्गत महिला ५७ केजीमुनि तौल समूहमा स्वर्ण जित्दै पारालिम्पिक गेम्समा स्थान पक्का गरेकी हुन्।
योसँगै पलेसाले लगातार दोस्रो पटक प्यारालम्पिक गेम्स खेल्ने भएकी छन्। पलेसाले फाइनलमा इरानी खेलाडी लेल्ला मिर्जाइलाई पराजित गरेकी हुन्।
सेमिफाइनलमा उज्वेकिस्तानकी खेलाडी करिमा मेलिकुजिएभालाई १८-२ ले पराजित गर्दै पलेसाले फाइनलमा स्थान गरेकी थिइन्।
छनोट चरण पार गरेर प्यारालम्पिक गेम्स खेल्ने पलेसा पहिलो नेपाली पारा खेलाडी हुन्।
विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिकमा छनोट हुने तेक्वान्दोकै संगीना वैद्य पहिलो र दीपक विष्ट दोस्रो नेपाली हुन्।
153
Shares
प्रतिक्रिया