ad ad

कारोबार


यौन दुर्व्यवहार आरोपमा राष्ट्र बैंकका निर्देशक आचार्य बर्खास्त, के थियो घटना?

यौन दुर्व्यवहार आरोपमा राष्ट्र बैंकका निर्देशक आचार्य बर्खास्त, के थियो घटना?

नेपालखबर
चैत ५, २०८० सोमबार १७:५५, काठमाडौँ

एक महिला सहकर्मीलाई यौन दुर्व्यवहार गरेको भन्दै नेपाल राष्ट्र बैंकले निर्देशक थानेश्वर आचार्यलाई बर्खास्त गर्ने निर्णय गरेको छ।

नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकको सेवामा अयोग्य हुने गरी बर्खास्त गरेको हो। 

राष्ट्र बैंकका एक अधिकारी अनुसार एक उच्चपदस्थ महिला कर्मचारीमाथि यौन दुर्व्यवहारमा संलग्न भएको भन्दै निर्देशक थानेश्वर आचार्यलाई सेवाबाट बर्खास्त गरेको छ।

राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावलीअनुसार सेवा बाटह हटाउने निर्णय भएको हो।

पुसमा नगरकोटमा आयोजित एक कार्यक्रमको क्रममा राष्ट्र बैंककै एक महिना कर्मचारी माथि उनले अभद्र व्यवहार गरेका थिए। 

सोही विषय राष्ट्र बैंकभित्र चर्चामा समेत रहेको थियो। आचार्यलाई उपत्यकाबाहिर सरुवा समेत गरिएको थियो। 

तर उक्त विषयमा कडा कारबाहीको माग भइरहँदा अहिले आचार्यबाट हटाउने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ।

के थियो घटना? 
नेपाल राष्ट्र बैंकका एक अधिकारीका अनुसार पुस २७ गते नगरकोटमा नेपाल राष्ट्र बैंकको कर्मचारीहरु रहने गरी एक कार्यक्रम आयोजना गरिएको थियो। 

त्यसमा उच्चपदस्थ कर्मचारीहरुदेखि तल्लो तहका कर्मचारीसम्म सहभागी थिए। 

साँझको समयमा मदिरा सेवन गरेको आचार्यले एक उच्च पदमा रहेकी सहकर्मी महिलाई अंकमाल गर्ने प्रयास गरे। नराम्रो नियतले उनले गरेको प्रयासलाई केही कर्मचारीले भिडिओ समेत खिच्न भ्याए। 

ती अधिकारी भन्छन्, ‘घटना यत्तिमै सीमित थियो। मदिराले छोडेपछि आचार्यले माफी समेत मागेको र ती महिनाले माफी समेत दिइसकेको अवस्था थियो।’

तर राष्ट्र बैंक फर्किएपछि विषयले मोड लिएको थियो। जब त्यो भिडियो धेरै जना कर्मचारीमा पुग्यो । त्यही कुरा धेरैले गर्न थाले। 

त्यसपछि आचार्यको दुव्र्यवहारमा पर्ने महिलाले समेत कडा कारबाहीको माग राखिन्। त्यसपछि आचार्यलाई सरुवा समेत गरिएको थियो। 

त्यसलाई समेत ती महिना कर्मचारीले चित्त नबुझाएको र थप कारबाहीको माग गरेपछि आज राष्ट्र बैंकले सेवाबाट नै हटाउने निर्णय गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .