उच्च अदालत पाटनले काठमाडौं–तराई द्रुतमार्गको ठेक्कासम्बन्धी तीनवटा रिट खारेज गरिदिएको छ।
उच्च अदालतका न्यायाधीशद्वय मुनेन्द्र प्रसाद अवस्थी र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले गौरी पार्वती निर्माण सेवा प्रालि, इर्कोन इन्टरनेशनललगायतले दायर गरेको रिट खारेज हुने फैसला गरेको हो।
यो रिटलाई उच्च अदालत पाटनले अग्राधिकार दिएको थियो। गौरी पार्वतीले पुस ५ मा, इर्कोनले माघ २१ मा रिट दायर गरेका थिए।
उनीहरुले हाल आयोजना निर्माण गरिरहेको नेपाली सेनाको कार्यालयसहित विभिन्न सार्वजनिक निकायविरुद्ध रिट दायर गरेका थिए।
योसँगै अब थप तीनवटा ठेक्का प्रक्रिया अघि बढ्ने भएको छ। द्रुतमार्गका तीन ठेक्काहरु ८ ‘क’, ९ ‘क’ र ‘ख’को बोलपत्र बुधबार खोलिने भएको छ।
यसअघि अदालतमा रिट दायरसँगै नेपाली सेनाले काम गर्न नपाएको गुनासो गर्दै आएको थियो।
105
Shares
प्रतिक्रिया