नेपाल राष्ट्र बैंकले साढे सात अर्ब बढी रुपैयाँको ६ वर्षे विकास ऋणपत्र बिक्री गर्ने भएको छ।
६ वर्षे विकास ऋणपत्र २०८६ ‘ड’को बिक्रीका लागि बोलकबोलमा सामेल हुन केन्द्रीय बैंकले एक सूचनामार्फत भनेको हो।
सरकारको ७ अर्ब ६९ करोड रुपैयाँको ऋणपत्रको अवधि ६ वर्ष रहेको छ। सूचनाअनुसार आज यसको बोलकबोलमार्फत बिक्री हुनेछ भने भोलि निष्काशन गरिनेछ।
इच्छुक खरिदकर्ताले बैंकको अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलपत्र पेस गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरुले भाग लिन सक्नेछन्।
54
Shares
प्रतिक्रिया