सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित कोसी नदीको किनारबाट १६३ किलो ८ सय ४५ ग्राम गाँजा बरामद भएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो।
बुधबार बिहान १ : ३५ बजेको समयमा बराहक्षेत्र नगरपालिका १ स्थित सप्तकोसी किनारमा ५–६ जनाले डुङ्गाबाट निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराबाट सशस्त्र प्रहरी निरीक्षक बिगबहादुर गोलेको कमाण्डमा खटिएको ६ जनाको मोटरसाइकल गस्ती टोलीले गाँजा नियन्त्रणमा लिएको हो।
प्रहरीलाई देखेपछि भरियाहरू गाँजा छाडेर डुङ्गा लिई फरार भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए।
उक्त गाँजा नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ४ गणले गत फागुन १ गतेदेखि हालसम्म एउटा एम्बुलेन्समा बोकेकोसहित ५६४.४७५ केजी गाँजा बरामद गरिसकेको छ।
Shares
प्रतिक्रिया