सेयरबजार सुस्ताउने क्रम जारी छ। यो साता सोमबार पहिलो कारोबार भएयता मंगलबार फेरि कारोबार रकम घटेको छ।
बजार परिसूचक नेप्से १० अंकले बढे पनि सेयरबजारमा २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार ५ सय ३ रुपैयाँको मात्र कारोबार भएको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार ६८ लाख ४२ हजार ३ सय ९२ कित्ता सेयर बिक्री हुँदा उक्त परिमाणको कारोबार भएको छ। आज नेप्से १०.१४ अंकले बढेर २०४१.७० विन्दुमा फर्किएको छ।
योसँगै १६८ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ वटाको घटेको र १० वटाको अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ। आज कम्पनीहरुको अधिकतम ९.३५ प्रतिशतसम्म घट्दा १० प्रतिशतसम्मले बढेको छ।
आज २ लाख ३४ हजार ६ सय २४ कित्तासम्मको कुनै एक कम्पनीको अधिकतम सेयर कारोबार भएको छ। रकमका हिसाबले कुनै एक कम्पनीको ९ करोड ३१ लाखसम्मको मात्र कारोबार भएको छ। धेरैपटक २ हजार ६ पटकसम्म कुनै एक कम्पनीको अधिकतम कारोबार भएको छ।
बढेका र घटेका शीर्ष ५ सेयर टेबलमा
धेरै बढेका ५ सेयर
कम्पनी | अन्तिम मूल्य (रु) | बढेको दर (%) |
डोल्टी पावर कम्पनी | ४३०.१० | १० |
सर्वोत्तम सिमेन्ट | ८९५.१० | ९.९९ |
विन नेपाल लघुवित्त | ११६० | ९.४३ |
पिपल्स पावर लिमिटेड | ४६० | ७.७३ |
थ्रि स्टार हाइड्रोपावर | ५२६.१० | ६.७६ |
धेरै घटेका ५ सेयर
कम्पनी | अन्तिम मूल्य (रु) | घटेको दर (%) |
धौलागिरि लघुवित्त | १३९९.६० | -९.३५ |
भगवती हाइड्रोपावर | ६१९.१० | -४.७५ |
कुमारी धनवृद्धि योजना | ८.५६ | -४.३६ |
लक्ष्मी भ्यालु फन्ड २ | ७.८६ | -३.६८ |
मानुषी लघुवित्त | ८८७ | -३.०६ |
सर्वाधिक कारोबार भएका ५ कम्पनी
कम्पनी | कारोबार भएको रकम (रु) |
शिवम् सिमेन्ट | ९३१३९०७० |
सोनापुर मिनरल्स | ८५७५२८७१ |
जोशी हाइड्रोपावर डेभलपमेन्ट | ८२९४०७४३ |
गुर्खाज फाइनान्स | ८०७८२९३३ |
हिमालयन रि इन्स्योरेन्स | ६३५३१५८५ |
Shares
प्रतिक्रिया