ललितपुरमा नेपाली महिला कलाकारहरुको सामूहिक चित्रकला प्रर्दशनी सुरू भएको छ।
चैत १० गते ललितपुर उपमहानगरपालिकाकी उपमेयर श्री मञ्जली शाक्यले उद्घाटन गरेको कला प्रदर्शनीमा २९ जना महिलाका ४१ कलाकृतिहरु प्रदर्शनमा राखिएको छ।
क्लासिक ग्यालरीमा ‘इनस्पायर इन्कुलुजन’ नामक भइरहेको कला प्रदर्शनी वैशाख ८ गतेसम्म चल्नेछ।
क्लासिक ग्यालरीले स्थापना काल देखिनै कला र कलाकारहरुको सिर्जनालाई सम्मानरप्रोत्साहन, कला बजारका लागि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्थरमा कला प्रर्दशनी र कार्यशाला आयोजना गर्दै आइरहेको छ।
महिला विकास र कलामा सशक्तिकरणका लागि ग्यालरीले निरन्तरताका रुपमा सामूहिक कला प्रर्दशनीको आयोजना गरेको क्लासिक ग्यालरीकी संस्थापक सरिता डंगोलले बताइन्। उनका अनुसार महिला कलाकारहरुको सिर्जनामा थप उत्साह र प्रेरणा दिन ग्यालरीले दशौ पटक यो कार्यक्रम आयोजना गरेको हो।
नेपाली कला इतिहासको सन्दर्भमा महिला कलाकारको चर्चा र संलग्रता न्यून देखिन्छ। वर्तमान समयसम्म आईपुग्दा महिला कलाकार समक्ष र सबल रुपमा कला क्षेत्रमा अगाडी बढि रहेका छन्।
तथापी व्यस्त जीवनशैलीकका कारण र आफ्नो लैंगिक जिम्मेवारीमा पनि बढी अल्झिनु पर्ने बाध्यताले महिला कलाकारहरु आफ्नो कलाकारितामा भिज्न सकेका छैनन्।
यस कारण पूर्ण समय र सहज वातावरण नहुँदा महिला कलाकारहरु नयाँ विचार र अवधारणामा काम गर्न, कलामा प्रयोगात्मक शैलीहरु अपनाउन र निकै कठिनाईका साथ कला प्रर्दशनीमा भाग लिने गरेको पाइन्छ।
काठमाडौंका मात्र नभई मोफसलबाट पनि महिलाहरु कला प्रर्दशनीमा भाग लिएका छन्। यस प्रर्दशनीमा चित्रकलाबाट १७ जना, प्रिन्टमेकिङबाट ७ जना, सेरामिकबाट ५ जना गरेर २९ जनाको कृतिहरु सहभागी गरिएको हो।
सम्पूर्ण सहभागी कलाकारहरुको सिर्जनामा आ–आफ्नो अनूभूति तथा समाजमा भईरहेको घटना, समसमायिक विषयमा आधारित कलाकृति समावेश छन्।
Shares
प्रतिक्रिया