लगानी बोर्डले ऊर्जा परियोजनामा करिब १ खर्बको लगानी स्वीकृत गरेको छ।
बोर्डका अध्यक्ष रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले ९९ अर्ब २० करोडका ऊर्जा परियोजना स्वीकृत गरेको हो।
बोर्डको बिहीबार बसेको ५७औँ बैठकले उक्त लगानी स्वीकृत गरेको हो। लगानी बोर्डका अनुसार ४ आयोजनामा सुपर तमोर, अपर मोदी ए, लोअर मनाङ हेप्स र २५० मेगावाटको सोलार परियोजना छन्।
१६६ मेगावाटको सुपर तमोरमा ३४ अर्ब ५९ करोड स्वीकृत भएको छ। ४२ मेगावाटको मोदी 'ए'मा १० अर्ब ८ करोड स्वीकृत भएको छ। यी दुई आयाेजना स्वदेशी लगानीमा निर्माण हुँदै छन्।
१३९.२ मेगावाटको लोअर मनाङ ३३ अर्ब ४१ करोड स्वीकृत हुँदा २५० मेगावाटको सौर्य ऊर्जामा २१ अर्ब १० करोड लगानी सिङ्गापुरको लगानी स्वीकृत भएको छ।
342
Shares
प्रतिक्रिया