ad ad

कारोबार


रेमिट्यान्स २१ प्रतिशतले बढ्यो, ८ महिनामा ९ खर्ब ६१ अर्ब भित्रियो

रेमिट्यान्स २१ प्रतिशतले बढ्यो, ८ महिनामा ९ खर्ब ६१ अर्ब भित्रियो

नेपालखबर
चैत २२, २०८० बिहिबार १६:४६, काठमाडौँ

चालू आर्थिक वर्षको ८ महिना अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २१.० प्रतिशतले बढेको छ। 

चालू आवको आठ महिनामा विदेशबाट नेपालीहरुले ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ औपचारिक माध्यमबाट स्वदेश पठाएका हुन्। 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .