ad ad

कारोबार


सिभिल बैंकको १०९ औं शाखा सुनवलमा

सिभिल बैंकको १०९ औं शाखा सुनवलमा

नेपालखबर
फागुन ४, २०७६ आइतबार १४:५२,

'समृद्धिका लागि सिभिल बैंक' भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले आफ्नो शाखा सञ्जालमा विस्तार गर्ने क्रममा नवलपरासी जिल्लाको सुनवलमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ।

आज एक कार्यक्रमका बीच सिभिल बैंकका सञ्चालक समितिका सदस्य भिमानन्द ढुंगाना तथा सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले संयुक्त रुपमा सिभिल बैंक लिमिटेडको सुनवल शाखाको उद्घाटन गरे।

सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कैलाशेश्वर शिवालय मन्दिरमा सञ्चालित श्री जेष्ठ नागरिक दिवा सेवा कार्यक्रमको सहयोगार्थ एक थान फ्रिज प्रदान गरीयो। सो फ्रिज सिभिल बैंकका सञ्चालक समितिका सदस्य भिमानन्द ढुंगानाद्वारा कैलाशेश्वर शिवालय तथा १०८ शिवलिङ्ग संरक्षण संस्थाका अध्यक्ष गोपाल प्रसाद आचार्यलाई प्रदान गरियो।

कार्यक्रममा सुनवल नगरपालिकाका मेयर थापाले सुनवलमा शाखा स्थापना गरेकोमा सिभिल बैंकलाई धन्यवाद दिए। उनले नगरवासीलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिन आग्रह गरे।

सिभिल बैंकको हालसम्म ४ ला १५ हजार भन्दा बढी ग्राहकहरु रहेको रु. ५२ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु. ५० अर्व कर्जा लगानी गरेको र यस बैंकको प्रदेश नं ५ मा यस शाखा समेत गरी १४ शाखा तथा नेपालभर कुल शाखा संख्या १०९ पुगेकोे पनि बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .