ad ad

राजनीति


पार्टी एकता प्रधानमन्त्री बन्नका लागि मात्र होइनः अध्यक्ष दाहाल

पार्टी एकता प्रधानमन्त्री बन्नका लागि मात्र होइनः अध्यक्ष दाहाल

नेपालखबर
फागुन ४, २०७६ आइतबार १५:६,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता प्रधानमन्त्री बन्नका लागि मात्र नभएको बताएका छन्।

तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र बीचको एकतापछि पहिलोपटक संयुक्तरूपमा बाँकेमा आयोजित ५ नं प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले पद र प्रतिष्ठा प्राप्त गर्नका लागि पार्टी एकता नभएको प्रस्ट्याए।

‘प्रधानमन्त्री हुनका लागि अथवा पद प्रतिष्ठा केही प्राप्त गर्ने उद्देश्यका लागि पार्टी एकता गरिएको थियो कि भन्ने कुरा बिल्कुल सत्य होइन, धेरै कुराको विचार गरेर पार्टी एकता भएको हो’, अध्यक्ष दाहालको भनाइ थियो।

उहाँले मुलुक र जनताको समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको भविष्य सुदृढ गरी समाजवादको मार्ग तय गर्न पार्टी एकता गरिएको बताए। अध्यक्ष दाहालले विभिन्न मतभेदलाई चिर्दै धैर्यसाथ एकताको कामलाई स्थानीय तहसम्म पु¥याएर जनतामा सकारात्मक सन्देश दिन पार्टी सफल भएको जिकिर गरे।

अध्यक्ष दाहालले राज्य र विद्रोही शान्ति सम्झौतामा आएर देश निर्माण गर्न सक्नु नै महत्वपूर्ण उपलब्धि भएको जिकिर गरे। उनले प्रदेश नं ५ मा सरकार र पार्टी तुलनात्मकरूपमा धेरै सफल भएको उल्लेख गर्दै मुख्यमन्त्री एवं पार्टीका प्रदेश इन्चार्ज शंकर पोखरेलको प्रशंसा गरे।

नेकपा प्रदेश नं ५ कमिटीले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा नेकपा महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र मुख्यमन्त्री पोखरेलले प्रशिक्षण दिएका थिए।

नेकपा प्रदेश नं ५ का अध्यक्ष ओनसरी घर्तीले कार्यक्रममा प्रदेश नं ५ का पार्टी कमिटीका तीन हजारभन्दा बढी सदस्यको सहभागिता रहेको जानकारी दिए। उनका अनुसार कार्यक्रमले पार्टीका नेता, कार्यकर्ता र सदस्यका बीचमा वैचारिक, संगठनात्मक एवं भावनात्मक एकताको विकास गर्ने, केन्द्रीय निकाय एवं विभागको पूर्णता, सबै तहमा पार्टी तथा जनवर्गीय संगठनको एकीकरण, पार्टी सदस्यको एकीकृत अभिलेख र नवीकरण, पार्टी सम्पत्तिको अभिलेख एकीकरणलगायत पार्टी एकताका बाँकी काम सम्पन्न गर्न सम्बन्धित कमिटी तथा निकायलाई सहयोग र सहजीकरण गर्नेजस्ता उद्देश्य परिपूर्ति गर्नेछ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .