चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको कारोबारमा प्राइम कमर्सियल बैंकको नाफामा वृद्धि भएको छ।
बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ दशमलव ६५ प्रतिशतले बढेको हो।
चालु आर्थिक वर्षको ९ महिनामा बैंकले २ अर्ब ७८ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेको छ।
गत आवको चैत मसान्तसम्ममा बैंकले २ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
9
Shares
प्रतिक्रिया