प्रहरीले वीरगञ्ज भन्सारमा सरकारी दस्तुरभन्दा धेरै रकम लिई भन्सार गराउने सात जना बिचौलियालाई पक्राउ गरेको छ।
उनीहरुले सवारीसाधनको सरकारी दस्तुरभन्दा बढी रकम लिई भन्सार गराउने क्रममा प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पर्सा वीरगञ्जका मुस्तुजाव मिया, अलि हुसेन, राहुल गुप्ता, एनुल हक, दिप किशोर उपाध्याय, कुमार महतो, भारत मोतिहारी मझरियाका अरुण सिंह रहेका छन्। उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
3
Shares
प्रतिक्रिया