चेन डिपार्टमेन्टल स्टोर सेल्सवेरीले अब आफ्नै अत्याधुनिक भवनबाट सेवा दिने भएको छ।
सेल्सवेरीले काठमाडौंको महाराजगञ्जमा रहेको अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक भवनमा २१ वैशाखदेखि सेवा सुरुवात गर्न लागेको जनाएको छ।
उक्त अत्याधुनिक भवन मार्फत ग्राहकवर्गहरुको लागि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गरि एक बेग्लै खालको किनमेलको आनन्द दिने कम्पनीको विश्वास छ।
कम्पनीका अनुसार उक्त भवनमा बाल मनोरन्जनका सुविधा, स्पा, ज्याकुजी, स्वीमिङ पुल तथा विविध स्वदेशी, विदेशी खानाहरुको सेवा, सुविधा सहितको विश्व स्तरीय रेष्टुरेन्ट सहित स्वदेशी एवम् अन्तर्राष्ट्रिय गुणस्तरीय सामानहरू उचित मूल्यमा उपलब्ध हुनेछ।
उक्त अत्याधुनिक भवनमा ४ तल्ला बेसमेन्ट पार्किङ रहेको छ। भुईं तल्ला देखि छैठौं तल्लासम्म डिपार्टमेन्टल स्टोर सञ्चालन हुनेछ। सात र आठ तल्लामा विभिन्न कर्पोरेट अफिसहरू रहनेछ।
नवौं, दसौं तथा एघारौं तल्लामा जिम, फिटनेस सेन्टर स्पा तथा स्वदेशी एवम् विदेशी खानाहरुको सेवा, सुविधा सहितको रेष्टुरेण्ट एवम् बार सञ्चालन हुनेछ।
बाह्रौं तल्लामा स्वीमिङ पुल, ज्याकुजी, बियर गार्डेन, कफि लाउन्ज तथा इभेन्ट सेन्टर सञ्चालन हुनेछ। उक्त भवनको तेह्रौं तल्लामा भ्यू टावर रहेको र त्यहाँबाट काठमाडौं उपत्यका ३६० डिग्रिमा दृस्यावलोकन गर्न सकिनेछ।
उक्त अत्याधुनिक भवनमा सेल्सवेरी ब्राण्ड मार्फत चेन डिपार्टमेण्टल स्टोरको रुपमा सञ्चालनमा आउँदा स्वदेशी तथा विदेशी पर्यटकहरूको लागि समेत उत्कृष्ट शपिङ डेस्टिनेसन हुने कम्पनीको विश्वास छ।
यसै गरि सेल्सवेरीले आफ्नो अर्को शाखा २१ वैशाखदेखि नै कालिमाटी, काठमाडौंमा अवस्थित कालिमाटी ट्रेड सेन्टरमा सञ्चालन गर्न गई रहेको समेत जानकारी गराएको छ।
महाराजगञ्जको सेल्सवेरी टावर तथा कालिमाटी ट्रेड सेन्टरको भव्य सुरुवातको उपलक्ष्यमा कम्पनीले ग्राहकहरुका लागि लक्की ड्र स्किम मार्फत पम्बर पुरस्कारको रुपमा एमजी कमेट ईभी पेस इलेक्ट्रिक कार तथा प्रथम पुरस्कार बापत सेजवे नाइनबोट ई १०० स्कुटर तथा अन्य आकर्षक पुरस्कारहरु लक्की ड्र स्किम मार्फत राख्न गई रहेको जानकारी गराएको छ।
साथै, कम्पनीले यसै आर्थिक वर्षको अन्त्यसम्ममा काठमाडौं तथा पोखरामा थप ६ वटा शाखाहरु सञ्चालन गर्न गई रहेको एवम् हरेक वर्ष सानो, मध्यम तथा ठूलो स्तरको १०(१५ वटा सम्म शाखा संचालन विस्तार गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार विगत ३० वर्षदेखि चेन डिपार्टमेन्टल स्टोरका रुपमा सञ्चालित सेलवेज ग्रुप अन्तर्गत रही सेलवेज क्यास एण्ड क्यारी प्रा.लि. विगत १० वर्षदेखि सेल्सवेरी ब्राण्डमा हाल ३२ वटा शाखा मार्फत आफ्नो व्यापार, व्यवसाय संचालन गर्दै आइरहेको छ।
Shares
प्रतिक्रिया