नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लाई नयाँ लाइसेन्स दिएको छ।
प्राधिकरणले ५ वर्षको लागि टेलिकमलाई लाइसेन्स दिएको हो।
बिहीबारमात्रै टेलिकमले सरकारलाई यसअघिको नवीकरणबापतको २० अर्ब रुपैयाँ बक्यौता शुल्क बुझाएको थियो।
प्राधिकरणका सहप्रवक्ता डा. प्रदिप पौडेलले २५ वर्ष अवधि सकिएकाले नयाँ लाइसेन्स दिएको जानकारी दिए।
‘नयाँ लाइसेन्स दिने प्रक्रियाअनुसार २१ करोड दस्तुर लिएर ५ वर्षको लागि दिइएको छ’, पौडेलले नेपालखबरसँग भने, ‘अधिकतम १० वर्षको लागि दिन सकिने व्यवस्था रहेकोमा ५ वर्षको लागि दिइएको छ। त्यसपछि कानुनअनुसार नवीकरण गर्नुपर्छ।’
२५ वर्ष पुगेसँगै के हुने कानुनी स्पष्टता नहुँदा मन्त्रिपरिषद बैठकले अहिलेलाई नयाँ लाइसेन्स दिन प्रधिकरणलाई निर्देशन दिएको थियो।
873
Shares
प्रतिक्रिया