नेपालले भ्रमण आयबाट गर्ने आम्दानी ४० प्रतिशतले बढेको छ। यद्यपि आयलाई व्ययले जितेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। विदेश भ्रमण खर्च नै ४२.५ प्रतिशतले बढेको हो।
राष्ट्र बैंकका अनुसार चैतसम्म सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय उक्त दरले बढेर ६० अर्ब ४५ करोड पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४३ अर्ब १७ करोड रहेको थियो।
यता चैतसम्म सेवा खाताअन्तर्गत भ्रमण व्यय ४२.५ प्रतिशतले वृद्धि भई १ खर्ब ४३ अर्ब २२ करोड पुगेको छ। यसमध्ये शिक्षातर्फको व्यय नै ९५ अर्ब ८५ करोड रहेको छ।
समीक्षा अवधिमा खुद सेवा आय ५२ अर्ब २३ करोडले घाटामा छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६३ अर्ब ९१ करोडले घाटामा रहेको थियो ।
66
Shares
प्रतिक्रिया