नारायणी नदीमा नेपालको सबैभन्दा लामो सिग्नेचर पुलको शिलान्यास सोमबार हुँदै छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले शिलान्यास गर्न लागेका हुन्।
भरतपुरकी मेयर रेणु दाहालले नारायणी नदीमा बन्ने एडभान्स टेक्नोलोजी ब्रिज (सिग्नेचर) पुलको शिलान्यास प्रधानमन्त्रीले गर्न लागेको जानकारी दिएकी छिन्।
सोमबार बिहान साढे ९ बजे नारायणी नदी किनार सी बीच मोडलमा शिलान्यासको कार्यक्रम छ।
चितवन र नवलपरासी जोड्ने पुल १ अर्ब ६८ करोड रुपैयाँमा ठेक्का लागेको सडक विभागले जनाएको छ। ठेक्का तुँदी कन्स्ट्रक्सनले पाएको छ। पुलको डिजाइन र निर्माण तुँदी कन्स्ट्रक्सनले नै गर्नेछ।
४२० मिटर लामो पुल अहिलेकै पुल छेउमा निर्माण हुँदै छ। २०३८ सालमा अहिलेको पुल निर्माण भएको थियो।
330
Shares
प्रतिक्रिया