ad ad

कारोबार


मेटलाईफका कर्मचारीद्वारा भूकम्प पीडितका आवास पुनर्निर्माण

मेटलाईफका कर्मचारीद्वारा भूकम्प पीडितका आवास पुनर्निर्माण

नेपालखबर
फागुन ८, २०७६ बिहिबार १५:३७,

मेटलाईफ नेपालका एक सय तीस जना कर्मचारीहरु गत माघ २९ देखि फागुन २ गतेसम्म ह्याबिट्याट फर ह्युम्यानिटिसँग सहकार्य गरी काभ्रेको भुकम्प प्रभावित क्षेत्र पाँँचखालमा आवास पुननिर्माण कार्यमा स्वयंसेवकको रुपमा संलग्न भएका छन्।

स्वयंसेवीको टोलीमा मेटलाइफ नेपालको भाइस प्रेसिडेन्ट र जेनेरल म्यानेजर निर्मल काजी श्रेष्ठसँगै हेड अफ अपरेसन, राम कुमार यादव सामेल थिए। समुदायको अवास निर्माण गर्ने कार्यमा स्वयंसेवीहरु स्थानीय समुदाय सँगसँगै ढुंगा फुटाउने, इट्टा बोक्ने र स्वेलिङ गर्ने जस्ता कार्यमा संलग्न भएका थिए।

‘मेटलाइफले पुननिर्माण कार्यमा ह्याबिट्याट फर ह्युम्यानिटिसँग सहकार्य गर्न पाउँदो गौरव महसुस गरेको छौँ। हामी हरेक दिन विश्वका लाखाैं ग्राहकका सम्पत्ति, वित्तीय व्यवस्था, परिवार र भविष्यको संरक्षण गर्ने प्रयास गर्दछौँ र हाम्रो स्वयंसेवाको प्रयास हामीले गर्ने कार्यको विस्तारित रुप हो। स्वंयसेवाको कार्यले हामीलाई स्थानीय समुदायसँग अन्तरकृया गर्ने मौका त मिल्यो नै यसले उनीहरु र उनीहरुको परिवार सँगसँगै काम गर्ने, उनीहरुको जीवनलाई नजिकबाट नियाल्ने र उनीहरुको आवश्यकता बुझ्ने मौका पायौँ’ निर्मलकाजी श्रेष्ठले भने।

मेटलाईफले एसियाका धेरै देशमा ह्याबिट्याट फर ह्युम्यानिटिसँग विभिन्न आयोजनाहरुमा काम गरिसकेको छ। सन् २०१९ मा मेटलाइफका ८ हजार एक सय भन्दा बढी स्वयंसेवीले एसियाका ९ देशमा २५ हजार भन्दा बढी घण्टा समयको योगदान दिइसकेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .