ad ad

कारोबार


उद्योगमन्त्री र रोमानियन राजदूतबीच भेट, द्विपक्षीय हित र सहयोगबारे छलफल

उद्योगमन्त्री र रोमानियन राजदूतबीच भेट, द्विपक्षीय हित र सहयोगबारे छलफल

नेपालखबर
जेठ १, २०८१ मंगलबार १५:१९, काठमाडौँ

ऊर्जा, वाणिज्य तथा आपूर्ति मन्त्री दामोर भण्डारी र नेपालका लागि रोमानियाका राजदूत ड्यानियला मरियाना सेजोनोभ तानेबीच भेटवार्ता भएको छ । 

सिंहदरवारस्थित उद्योग मन्त्रालयमा मंगलबार भएको भेटवार्तामा द्विपक्षीय हित र सहयोग विषयमा छलफल भएको थियो । 

भेटमा उद्योगमन्त्री भण्डारीले नेपालको आर्थिक सामाजिक विकासमा लागि रोमानियाले द्धिपक्षीय रुपमा ईयुमार्फत प्रदान गर्दै आएको निरन्तर सहयोग र सहायताको लागि धन्यवाद प्रदान गरे ।

उनले हालै सम्पन्न लगानी सम्मेलनले लगानीका क्षेत्रहरु पहिचान गरेको र लगानी मैत्री नीतिगत कानुनी व्यवस्था गरेको जानकारी दिंदै राजदूतमार्फत रोमानियाका लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरे । 

भेटमा उनले भने, ‘नेपालको व्यापार पूर्वाधार र अन्य प्राथिकमताका विकास क्षेत्रमा थप युरोपेली लगानी आउनेमा म आशावादी छु। रोमानियामा निर्यात हुने वस्तुको पहिचान र विकास गर्न द्धिपक्षीय व्यापारको पर्याप्त सम्भावना छ ।  आगामी दिनमा थप सहकार्य गर्न हामि इच्छुक छौं । ’

राजदूत तानेले भेटमा रोमानियाका लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको धारणा राखे। उनले दुई देशबीचको आर्थिक सम्बन्ध मजबूत बनाउनेमा जोड दिए। 

राजदूत तानेले रोमानियामा हजारौं श्रमिकहरु रोजगारीको लागि पुगेको र उनहरुलाई कुनै विभेद नभएको भन्दै अहिले दुवै देशबीच करिव ११ मिलियन डलरको व्यापार रहेको जानकारी दिए। उनले रोमानियामा हस्तकलाका सामग्री निर्यातको सम्भावना समेत रहेको बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .