नेपाली बजारमा सुनको मूल्य आज इतिहासकै सर्वाधिक महँगो भएको छ। आज सुन प्रतितोला एक लाख ४० हजार पुगेको छ। यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।
यसअघि नेपाली बजारमा सुनको मूल्य एक लाख ३९ हजार तीनसयमा पुगेर ओरालो लागेको थियो।
स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज सुनको भाउ प्रतितोलामा रु एक हजार छ सयले बढेर रु एक लाख ४० हजार पुगेको छ। हिजो छापावाल सुनको मूल्य १ लाख ३८ हजार चार सय थियो।
तेजावी सुनको मूल्य पनि आज प्रतितोला रु एक हजार पाँच सय ५० ले बढेर प्रतितोला रु एक लाख ३९ हजार तीन सय पुगेको छ।
त्यसैगरी चाँदीको भाउ पनि आज प्रतितोला रु ६० ले बढेर रु एक हजार आठ सय पाँच पुगेको महासंघले जनाएको छ। बुधबार चाँदीको मूल्य १ हजार ७४५ थियो।
780
Shares
प्रतिक्रिया