ad ad

खेल


भारतीय फुटबलमा २ दशक राज गरेका सुनिल क्षेत्रीले गरे संन्यास लिने घोषणा

भारतीय फुटबलमा २ दशक राज गरेका सुनिल क्षेत्रीले गरे संन्यास लिने घोषणा

नेपालखबर
जेठ ३, २०८१ बिहिबार ११:५०, काठमाडौँ

भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन्। 

आगामी जुन ६ मा हुने फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत कुवेतविरुद्धको खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका हुन्। 

बिहीबार सामाजिक सञ्जालमा एक भिडिओ सेयर गर्दै कप्तान क्षेत्रीले घरेलु मैदान कलकत्तामा हुने कुवेतविरुद्धको खेल अन्तिम हुने बताएका हुन्। 

करिब दुई दशक भारतीय फुटबलमा सक्रिय रहेका कप्तान क्षेत्रीले बिहीबार सन्न्यास लिने घोषणा गरेका हुन्। 

३९ वर्षीय कप्तान क्षेत्रीले सन्न्यास लिने घोषणा गर्दै भने, ‘मेरो १९ वर्षको फुटबल करियरमा महशुस गरेको कर्तव्य, दबाब र आनन्दको राम्रो संयोजक हो। मैले व्यक्तिगत रुपमा कहिल्यै सोचेको थिइन कि मैले देशका लागि खेलेको खेलहरु यी हुन्। मैले राम्रो गरेँ या नराम्रो गरेँ। तर मैले यो अन्तिम डेढ दुई महिनामा गरेँ। यो धेरै अनौठो लाग्यो। किन कि मेरो अर्को खेल अन्तिम हुनेछ भन्ने निर्णयमा जाँदै थिएँ।’ 

उनले आफूले राष्ट्रिय टोलीसँग गर्ने हरेक प्रशिक्षणको मजा लिन चाहने बताउँदै कुवेतविरुद्धको खेल केही दबाबपूर्ण रहेको बताए। 

‘किन कि हामी अर्को चरणमा पुग्नका लागि स्पष्ट तीन अंक चाहिन्छ। त्यसैले यो हाम्रो लागि निकै महत्त्वपूर्ण छ’, उनले भने।  

कप्तान क्षेत्रीले भारतीय टोलीबाट १ सय ५० खेल खेलेका छन्। सन् २००५ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका कप्तान क्षेत्रीले भारतीय टोलीका लागि ९४ गोल गरेका छन्। 

उनी भारतीय फुटबल टोलीका सर्वाधिक गोलकर्ता र सर्वाधिक खेल खेल्ने खेलाडी हुन्।

उनी क्रिस्टियानो रोनाल्डो र लियोलन मेस्सीपछि सर्वाधिक गोलकर्ताको तेस्रो स्थानमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .