ad ad

कारोबार


आर्थिक वृद्धिदर : प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयको फरक–फरक अनुमान

आर्थिक वृद्धिदर : प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयको फरक–फरक अनुमान

फाइल तस्बिर


नेपालखबर
जेठ १३, २०८१ आइतबार १३:१०, काठमाडौँ

प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयको आर्थिक वृद्धिदर अनुमान नै फरक देखिएको छ।  

प्रधानमन्त्री कार्यालयअन्तर्गतको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांक र अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले आर्थिक वृद्धिदर फरक हुने अनुमान गरेको हो। 
 
अर्थमन्त्री वर्षमान पुनले चालू आवको सर्वेक्षण सार्वजनिक गर्दै राष्ट्रिय तथ्यांक कार्यालयको अनुमानभन्दा बढी हुने उल्लेख गरे। 

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने आर्थिक सर्वेक्षणले देखाएको छ। केही समयअघि राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्षको तथ्यांक सार्वजनिक गर्दै उपभोक्ता मूल्यमा उक्त आर्थिक वृद्धिदर ३.८७ प्रतिशत र आधारभूत मूल्यमा ३.५४ प्रतिशत रहने उल्लेख गरेको छ। 

विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत रहने प्रक्षेपण गरेको छ। 

प्रतिनिधिसभा बैठकमा आइतबार अर्थमन्त्री वर्षमान पुनले उत्पादनमूलक उद्योग र निर्माण क्षेत्र ऋणात्मक भए पनि कृषि र सेवा क्षेत्रमा विस्तार भएको कारण ३.९ प्रतिशत हुने बताए।  

प्रदेशगत रुपमा गण्डकी, बागमति र लुम्बीनी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने अर्थमन्त्री पुनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .