सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता १० वर्षमा १० गुणाले बढेको छ।
आइतबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणमा एक दशकको अन्तरमा सामाजिक सुरक्षा भत्तामा मात्रै सरकारी खर्च १०.९ गुणाले वृद्धि भएको हो।
आर्थिक वर्ष २०७०/७१ मा सामाजिक सुरक्षा भत्तातर्फ १० अर्ब ९४ करोड ८२ लाख रुपैयाँ खर्च गरेको सरकारले आर्थिक वर्ष २०७९/८० मा आइपुग्दा १ खर्ब १६ अर्ब ६५ करोड ५४ लाख रुपैयाँ खर्च गरेको हो।
पछिल्लो एक दशकमा सामाजिक सुरक्षा खर्चमा भने ५.८ गुणाले वृद्धि भएको छ ।
2.2k
Shares
प्रतिक्रिया