वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति २०८० असार मसान्तमा १४ खर्ब ५२ अर्ब ३ करोड पुगेको छ।
वित्तीय क्षेत्रको यस्तो सम्पत्ति २०७९ असार मसान्तमा १३ खर्ब ७० अर्ब ५२ करोड रहेको थियो।
२०८० असारमसान्तमा वित्तीय क्षेत्रको आन्तरिक दाबी ६८ खर्ब ५० अर्ब ३० करोड र नेपाल सरकारमाथिको खुद दाबी १० खर्ब २३ अर्ब ९ करोड पुगेको छ।
२०८० फागुनसम्म २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५५ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक गरी कुल ११० बैंक तथा वित्तीय संस्था सञ्चालनमा रहेका छन्।
यसैगरी, वित्तीय प्रणालीमा ३७ बीमा कम्पनी, ३० हजार बढी सहकारी संस्था रहेका छन्।
39
Shares
प्रतिक्रिया