साताको पहिलो कारोबार दिन सेयरबजार घटेको छ।
बजार परिसूचक नेप्से २२.१४ अंकले घटेर २१०९.३४ विन्दुमा झरेको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार बजारमा ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार रुपैयाँको सेयर कारोबार भएको छ।
आइतबार नेप्सेले अधिकतम विन्दु २१४२.४९ छोए पनि बन्द हुँदासम्म २१०९ मा समेटियो। बजारमा आज १ करोड १० लाख कित्ता सेयर बिक्री भएका थिए।
योसँगै २९ कम्पनीको सेयर बढ्दा २१५ कम्पनीको घटेको र तीनवटाको पुरानै मूल्यमा कारोबार भएको छ।
आज कालिञ्चोक दर्शनको सेयर मूल्यमा सकारात्मक सर्किट लागे पनि अन्य कम्पनीको ८.२४ प्रतिशतसम्म मात्र बढेको छ। लगानीकर्ताले आज ६.३६ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी व्यहोरेका छन्।
सर्वाधिक कारोबार भने आईएमई लाइफ इन्स्योरेन्सको भएको छ। कम्पनीको १५ करोड ६६ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।
39
Shares
प्रतिक्रिया