ईपीएस कोरिया शाखाको खर्चमा एकरुपता नदेखिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।
६१औँ वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै कार्यालयले शाखाको सञ्चालन कोषमा जम्मा गरिनुपर्ने ४१ करोड ८५ लाख ७५ हजार रुपैयाँ जम्मा नभएको उल्लेख गरेको हो।
शाखाले ६५ करोड १७ लाख ३० हजार आयमध्ये भिसा शुल्क र ब्याजमा करबाहेक ५ करोड ४८ लाख ६३ हजार विविध खातामा जम्मा गरेको छ।
त्यसबाट बाँकी रहेको ४१ करोड ८५ लाख ७५ हजार रुपैयाँ कार्य सञ्चालन कोषमा जम्मा नगरेको जनाएको छ।
प्रतिवेदनले प्रशिक्षार्थीबाट प्राप्त गरेको सम्पूर्ण आय कार्यसञ्चालन कोषको वित्तीय विवरणमा समावेश गर्न समेत निर्देशन दिएको छ।
375
Shares
प्रतिक्रिया