ad ad

राजनीति


एकीकृत समाजवादीले ‘ग्रामिण विकास’बारे प्रशिक्षण लिन सातजना नेतालाई चीन पठाउने

एकीकृत समाजवादीले ‘ग्रामिण विकास’बारे प्रशिक्षण लिन सातजना नेतालाई चीन पठाउने

फाइल फोटो


नेपालखबर
जेठ १४, २०८१ सोमबार १७:४७, काठमाडौँ

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले ‘अर्वन एण्ड रुरल डेपलभमेन्ट, पोलिसी, प्लानिङ, अनुभव आदान प्रदान गर्ने’ कार्यक्रममा भाग लिन सातजना नेतालाई चीन पठाउने भएको छ।

उपाध्यक्ष तथा केन्द्रीय स्कुल विभाग प्रमुख प्रमेश हमालको नेतृत्वमा सात जना नेताको टोर्ली जेठ १६ गते ५ दिने चीन भ्रमणमा जाने एकीकृत समाजवादीले जनाएको छ।

उक्त कार्यक्रममा विश्वका विभिन्न देशका प्रनिधिहरूको उपस्थित हुनेछ।

एकीकृत समाजवादीको सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले महाधिवेशन तयारीलगायतका विषयमा पाँचवटा निर्णय गरेको छ।

निर्णयहरू यस प्रकार छन्ः
१) केन्द्रीय कमिटीको आठौं बैठकले दिएका सुझावका आधारमा सचिवालयले परिमार्जन गरेको दस्तावेज मातहतका कमिटीलाई पठाउने।

२) मुस्ताङ जिल्ला कमिटी इन्चार्ज कृष्ण नेपाली र स्याङ्जाको इन्चार्ज अमरराज शर्मालाई जिम्मेवारी दिने निर्णय।  

३) संंसदको गतिरोध अन्त्य गर्नका निम्ति गरिएको सम्वादबारे छलफल।

४) प्रतिनिधि छनोटबारे आगामी सचिवालय बैठकले निर्णय गर्ने।

५) अर्वन एण्ड रुरल डेपलभमेन्ट, पोलिसी, प्लनिङ, अनुभव आदान प्रदान गर्ने, कार्यक्रममा पार्टी उपाध्यक्ष तथा केन्द्रीय स्कुल विभाग प्रमुख प्रमेश हमालको नेतृत्वमा सात जना नेताको टोली जेठ १६ गते ५ दिने चीन भ्रमणमा जाने। उक्त कार्यक्रममा विश्वका विभिन्न देशका प्रनिधिहरूको उपस्थित हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .