तीन दर्जन बढी अपार्टमेन्टले निर्माण सम्पन्नको प्रमाणपत्र नलिएको पाइएको छ।
२०६२ देखि २०६९ सालसम्मको अवधिमा निर्माण स्वीकृतिको लागि अनुमति लिएका ३८ अपार्टमेन्टका ३ हजार ८१ आवास एकाइले निर्माण सम्पन्न प्रमाणपत्र नलिएका हुन्।
संयुक्त आवासको व्यावसायिक कारोबार गर्ने संयुक्त आवास कम्पनी तथा जग्गा विकास गरी सामूहिक भवन निर्माण अनुमतिका लागि पेस भएका प्रस्ताव जाँच गरी निर्माण स्वीकृति, अनुगमन र निर्माण सम्पन्न प्रमाणपत्र प्रदान गर्ने जिम्मेवारी सहरी विकास तथा भवन निर्माण विभागमा रहेको छ।
विभागले २०८० असार मसान्तसम्म ७७ अपार्टमेन्टको ७ हजार १०२ आवास एकाइ निर्माणका लागि स्वीकृति प्रदान गरेकोमा यो वर्षसम्मको ३ हजार ८६६ सम्पन्न भएको विवरण पेस गरेको छ।
198
Shares
प्रतिक्रिया