आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको तयारी पूरा भएको छ।
अर्थ सचिव मधुकुमार मरासिनीले अर्थमन्त्री वर्षमान पुनलाई बजेटको मस्यौदा (ब्रिफकेस) हस्तान्तरण गरेसँगै बजेटको तयारी सम्पन्न भएको हो।
हस्तान्तरणपछि अर्थमन्त्री पुन बजेट पारित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रस्थान गरेका छन् । ३ बजे पुनले संसद्को संयुक्त बैठकमा बजेट पेस गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री एवं आयोग अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षतामा सिंहदरबारमा आयोगको पूर्ण बैठकले मध्यमकालीन संरचना र वार्षिक विकास कार्यक्रम पारित गरिसकेको छ ।
303
Shares
प्रतिक्रिया