अर्थमन्त्री वर्षमान पुनले बजेट ल्याउन हतारो र राजनीतिक दबाब महशुस गरेको बताएका छन्।
अर्थ मन्त्रालयमा बजेटबारेको अन्तर्क्रियामा बोल्दै मन्त्री पुनले बजेटका लागि बिहान ३ः३० बजेसम्म मन्त्रालयमै बसेर काम गरेको बताए।
उनले आफूसहित अर्थसचिव, राजस्वसचिवले अहोरात्र खटेर बजेर ल्याएको जानकारी दिए। अर्थसचिव मन्त्रालयमै सुतेको र राजस्वसचिव समेत बिहान ४ बजेमात्र घर गएको उनको भनाइ छ।
यसरी ल्याएको बजेटले प्रतिपक्ष, सञ्चारमाध्यमबाट सकारात्मक प्रतिक्रिया आएको उनले बताए।
संसद्मा प्रतिपक्षले सहकारी छानबिनको मुद्दामा नाराबाजी गरिरहेकाले बजेट वक्तव्य कसरी गर्ने भन्ने अन्योल थियो। यसैमा राजनीतिक दबाब महशुस गरेको अर्थमन्त्री पुनको संकेत थियो।
198
Shares
प्रतिक्रिया