ad ad

कारोबार


०५२ सालमै मन्त्रालयको ओभरसियर थिए सीबी, पुर्जी जारी भएको ३ महिनापछि परे पक्राउ

०५२ सालमै मन्त्रालयको ओभरसियर थिए सीबी, पुर्जी जारी भएको ३ महिनापछि परे पक्राउ

नेपालखबर
जेठ २०, २०८१ आइतबार १५:३, काठमाडौँ

सहकारीको रकम ठगी गरेको आरोपमा शुक्रबार पक्राउ परेका चन्द्रबहादुर (सीबी) लामालाई प्रहरीले सार्वजनिक गरेको छ। आइतबार नेपाल प्रहरीको काठमाडौँ अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलनमार्फत् लामालाई सार्वजनिक गरेको हो। 

महाशाखाका प्रमख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सानुराम भट्टराईका अनुसार, राईमाथि कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको विरुद्धमा ८ सय ५२ जना जाहेरवालाहरूले बचत गरेको रकमको माग दाबीसहित उजुरी परेको थियो। 

त्यस्तै, पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ विरुद्धमा नेपाल सरकारको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको र उक्त पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको विरुद्धमा १२ करोडको हाराहारीमा बिगो मागदाबी गर्दै जाहेरी परेको एसएसपी भट्टराईले बताए।

लामालाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतबाट विसं २०८० फागुन २० गतेनै अनुमति दिइएको थियो। त्यसयता उनी फरार थिए। 

उनलाई गत शुक्रबार (जेठ १८) चितवनको भरतपुरबाट पक्राउ गरिएको उनले जानकारी दिए।

अनुसन्धानका क्रममा ४९ वर्षीय लामा विसं २०४९ सालदेखि ओसिन एड्भटाइजन मिडियामा समाचार संकलनको रुपमा काम गरेको खुलेको छ। त्यस्तै, विसं २०५२ भदौमा तत्कालीन सरकारको स्थानीय विकास मन्त्रालयको प्राविधिक सहायक तहको ओभरसियर पदमा काम गरेको पनि अुनसन्धानका क्रममा खुलेको उनले जानकारी दिए। 

उनको साथबाट सामसुङ कम्पनीको मोबाइल २ वटा, नोकिया १, एसी कम्पनीको एउटा साधा सेट र सिम थान ६ वटा फेला परेको प्रहरीले जनाएको छ। 

कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको १ अर्ब एकाउन्न करोड पचासी लाख बाउन्न हजार सत्ताईस रुपैयाँ अपचलन गरेको जाहेरीवालाले खुलाएका छन्। 

पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको विरुद्धमा १२ करोडको हाराहारीमा बिगो मागदाबी गर्दै जाहेरी परेको उनले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .