ad ad

कारोबार


२१ सय विन्दुमाथि सेयरबजार, ५ अर्ब ८९ करोडको कारोबारमा कसले कमाए धेरै?

२१ सय विन्दुमाथि सेयरबजार, ५ अर्ब ८९ करोडको कारोबारमा कसले कमाए धेरै?

नेपालखबर
जेठ ३०, २०८१ बुधबार १५:१७, काठमाडौँ

सेयरबजार ६.३७ अंकले बढेर २१२१.६२ विन्दुमा पुगेको छ। 

बजार बढेको दिन कारोबार पनि ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार २ सय ४५ रुपैयाँको भएको छ। 

कुल १ करोड २९ लाख ५० हजार ४ सय ७ कित्ता सेयर बिक्रीमा उक्त परिमाणको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

योसँगै ११९ कम्पनीको सेयर मूल्य बढेको, ११५ वटाको घटेको र १३ वटाको उही मूल्यमा कारोबार भएको छ। 

आज सबैभन्दा बढी समृद्धि फाइनान्स, मध्यसोलु हाइड्रो, साधना लघुवित्त र ग्रिनलाइफ हाइड्रोका लगानीकर्ताले कमाए। यी कम्पनीको सेयर क्रमशः १०, १०, ९.९९, ९.९९ प्रतिशतले बढेको हो। 

आज लगानीकर्ताले ४.४८ प्रतिशतसम्म मात्र अधिकतम प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। 

कारोबारमा भने एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी अगाडि छ। कम्पनीको २७ करोड ६३ लाखको अधिकतम सेयर कारोबार भएको छ। यसबाहेक सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको २४ करोड, ग्रिनलाइफ हाइड्रोको १९ करोडको सेयर कारोबार भयो। 

दिनभरिमा ७४ हजार ८ सय ५८ पटक सेयर कारोबार भएको नेप्सेले जनाएको छ। 

आज होटल र पर्यटन, जलविद्युत्, निर्जीवन बीमा र व्यापार उपसूचक घटे पनि अन्य सबै सूचक हरियो छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .