संयुक्त अधिराज्य बेलायतको मुख्य सेयरबजारले युरोपकै उच्च मूल्यवान् बजारको स्थान झण्डै २ वर्षपछि आफ्नो नाममा पारेको छ।
लन्डन स्टक एक्सचेन्ज (एलएसई) मा सूचीकृत कम्पनीहरुको मूल्य सोमबार ३१ खर्ब ८० अर्ब अमेरिकी डलर पुगेको हो।
ब्लुमबर्गका अनुसार लन्डनले पेरिसको सेयरबजारलाई पछि पार्दै ठूलो सेयरबजार बनेको हो।
पेरिसमा सूचीकृत कम्पनीहरुको मूल्य ३१ खर्ब ३० अर्ब डलर रहेको छ। फ्रान्सको पछिल्लो चुनावी परिणामपछि यसको असर सेयरबजारमा देखिएको बताइएको छ। यता बेलायती सेयरबजार धेरै वर्षको सुस्ततापछि बल्ल तंग्रिन थालेको छ।
२०२२ नोभेम्बरअघि धेरै वर्ष लन्डन युरोपको ठूलो सेयरबजार रहँदै आएको थियो।
66
Shares
प्रतिक्रिया