ad ad

कारोबार


पीक्याफको सदस्य बन्यो एनआईसी एसिया बैंक, वातावरणीय दिगोपनामा प्रतिबद्ध

पीक्याफको सदस्य बन्यो एनआईसी एसिया बैंक, वातावरणीय दिगोपनामा प्रतिबद्ध

नेपालखबर
असार ९, २०८१ आइतबार १३:४७, काठमाडौँ

एनआईसी एसिया बैंक पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीक्याफ)को सदस्य बनेको छ। 

पीक्याफ एउटा ग्लोबल इनिसिएटिभ हो जहाँ विश्वका वित्तीय संस्थाहरुले सहकार्य गरेका छन्। पीक्याफले ग्रिनहाउस ग्यास उत्सर्जनसँग सम्बन्धित कर्जा र लगानीको अध्ययन र अवस्थालाई सुनिश्चित गर्छ। 

पीक्याफमा विश्वभर ६ महादेशका ४८० वित्तीय संस्था जोडिएका छन्। यसको सदस्य बनेसँगै एनआईसी एसियाले पनि पर्यावरणीय दिगोपनामा आफ्ना कार्बन फुटप्रिन्टको पारदर्शी मूल्यांकन गर्ने प्रतिबद्धता जनाएको छ। 

‘संसार वातावरणमैत्री अभ्यासतर्फ आधारभूत रुपमा रुपान्तरण भइरहँदा एनआईसी एसिया पनि यसका लागि प्रतिबद्ध छ’, बैंकले भनेको छ। बैंकले जलवायुमैत्री रणनीतिसाथ विश्व समुदायसँगै दिगो अर्थतन्त्रको विकासका लागि प्रतिबद्ध रहेको उल्लेख गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .