ad ad

कारोबार


नेपाल इन्भेष्टमेन्ट बैंकले ल्यायो क्यासब्याक योजना, वार्षिकाेत्सवमा रक्तदान

नेपाल इन्भेष्टमेन्ट बैंकले ल्यायो क्यासब्याक योजना, वार्षिकाेत्सवमा रक्तदान

नेपालखबर
फागुन १४, २०७६ बुधबार १०:२३,

नेपाल इन्भेष्टमेन्ट बैंकले आज आफ्नो ३४औं वार्षिकोत्सव मनाएको छ। उक्त अवसरमा बैंकले दुई योजना सार्वजनिक गरेको छ।

बैंकले क्यासब्याक र क्रेडिट कार्डमार्फत कारोबार गरे किस्ताबन्दीमा गोसाइकुण्ड घुम्ने योजना सार्वजनिक गरेको हो। योजनाअनुसार भिसा डोमेस्टिक क्रेडिट/डेबिट कार्ड तथा मास्टरकार्ड डोमेस्टिक डेबिट कार्डको कारोबारमा ३४ प्रतिशत क्यासब्याक पाइनेछ, जुन अधिकतम ३ हजार ४ सय रुपैयाँसम्मको हुनेछ ।

त्यस्तै, दोस्रो योजना आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नका लागि ल्याइएको बैंकको भनाइ छ। प्रमुख तीर्थस्थल गोसाइकुन्ड हेलिकप्टरमार्फत भ्रमण गर्न बैंकका प्रत्येक ग्राहक र कर्मचारीहरूको पहुँच अभिवृद्धिका लागि सिम्रिक एयरसँगको सहकार्यमा ६ महिनासम्म एनआईबीएल भिसा क्रेडिट कार्डमार्फत मासिक ३ हजार ४ सय रुपैयाँको किस्ताबन्दीमा गोसाइकुन्ड भ्रमणको प्याकेज उपलब्ध हुनेछ। मासिक किस्ताबन्दी (ईएमआई प्याकेज) वार्षिकोत्सवदेखि मार्च २०२० सम्म उपलब्ध हुनेछ।

सोही अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ। साथै बैंकले बालबालिकाहरूका लागि चित्रकथा (कमिक) किताब, ‘चिडियाखाना घुम्न जाँदा’ पनि सार्वजनिक गरेको छ, जसमार्फत बैंकले बाल्यावस्थाबाटै सांस्कृतिक तथा नागरिक नैतिक विकासका साथै वित्तीय र प्राविधिक जनचेतना अभिवृद्धिको आवश्यकतामा जोड दिएको उल्लेख गरेको छ।

बैंकले गत वर्ष वार्षिकोत्सवकै दिन ‘बैंकसँगको नाता मेरो आफ्नै बचत खाता’ अभियानसहितको कमिक बुक पनि ल्याएको थियो। कला, संस्कृति र सम्पदाको संरक्षण यस संस्थाको मुख्य मूल्य–मान्यता हो जुन एनआईबीएलले वर्षौंदेखि दृढतापूर्वक अनुसरण गरिरहेको छ र आउँदा वर्षहरूमा पनि यसलाई कायमै राख्नेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .