लामो समय बन्द रहेको प्रथामिक सेयर निष्काशनको काम फेरि सुरु भएको छ।
गत १२ गते धितोपत्र बोर्डको आईपीओ निष्काशनको अनुमति पाएको रिलायन्स स्पिनिङ्स मिल्सले वैदेशिक रोजगारीमा गएकाहरुका लागि आईपीओ जारी गर्ने भएको हो।
कम्पनीले निष्काशन गर्न लागेको ११ लाख ५५ हजार ९६० कित्ता साधारण सेयरको १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा गएकाहरुका लागि छुट्याएको छ।
नेपाल सरकारको श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरुका लागि १ लाख १५ हजार ५९६ कित्ता आईपीओ जारी गर्न लागेको हो।
कम्पनीले २७ गतेबाट आवेदन खुलाउनेछ भने साउन १० गते बन्द गर्नेछ।
बुक बिल्डिङमार्फत आईपीओ जारी गरेको यस कम्पनीले ८२० रुपैयाँ ८० पैसा प्रतिकित्ताका दरले कम्म्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ।
आईपीओको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ।
2.3k
Shares
प्रतिक्रिया