ad ad

कारोबार


प्रतिनिधिसभामा टेबल भयो लगानी सहजीकरणसम्बन्धी संशोधन विधेयक

प्रतिनिधिसभामा टेबल भयो लगानी सहजीकरणसम्बन्धी संशोधन विधेयक

नेपालखबर
असार २३, २०८१ आइतबार १६:०, काठमाडौँ

लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ प्रतिनिधिसभामा टेबल भएको छ। 

उक्त विधेयक राष्ट्रिय सभाबाट प्राप्त भएपछि प्रतिनिधिसभामा टेबल भएको हो। 

आइतबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पत्ति भएको लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबल गरेका हुन्। 

योसँगै अब प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाउने बाटो खुलेको छ। प्रतिनिधिसभाको अर्को बैठक असार २४ गते सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .