ad ad

राजनीति


रास्वपालाई योगेशको प्रश्न– प्वाल परिसकेको डुंगामा बसेर कता जाँदै हुनुहुन्छ?

रास्वपालाई योगेशको प्रश्न– प्वाल परिसकेको डुंगामा बसेर कता जाँदै हुनुहुन्छ?

नेपालखबर
असार २३, २०८१ आइतबार १६:६, काठमाडौँ

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न आग्रह गरेका छन्। 

आइतबार बसेको प्रतिनिधि सभाकोे बैठकमा विशेष समय लिएर बोल्दै सांसद भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीलाई यस्तो आग्रह गरेका हुन्।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्वाल पारिसकेको डुङ्गामा बस्न उपयुक्त नभएको सुझाव समेत रास्वपालाई दिएका छन्। 

‘म राष्ट्रिय स्वतन्त्र पार्टीलाई भन्न चाहन्छु, उहाँहरू सत्तापक्षमा बस्नुभएको छ। उहाँहरूको पार्टीको निर्णय र इच्छा हो। हामीले भन्नु केही छैन,’ भट्टराईले भने, ‘तर प्रधानमन्त्रीले प्वाल पारि सकेको डुङ्गामा बसि रहनु भएको छ भने तपाईंहरू कता जाँदै हुनुहुन्छ। एक पटक सोच्नुहोला। राष्ट्रिय स्वतन्त्र पार्टीले जुन ढङ्गले अरुलाई पद र गरिमाको प्रश्न उठाई राख्नु भएको छ। त्यस हिसावले सोच्न आग्रह गर्दछु।’

रास्वपाले प्रधानमन्त्रीलाई साथ दिइरहँदा अरूलाई पद र गरिमाका विषयमा उठाएको प्रश्नले सार्थकता नपाउने उनको भनाइ थियो।

संसदका दुई ठूला दल सहकार्य गरेर जाने निर्णय गरिसक्दा पनि प्रधानमन्त्री दाहालले २८ गतेसम्म लम्ब्याउन नमिल्ने उनको धारणा थियो। संसद्‌मा विश्वासको मत भन्दा पनि संसदबाट राजीनामा घोषणा गर्नु उपयुक्त हुने बताए। 

‘संसदका दुई ठूला दल सहकार्य गरेर जाने निर्णय गरिसक्यो। प्रधानमन्त्री २८ गतेसम्म लम्ब्याउने कुरा किन भयो। बुझ्नसकेका छैनौं। प्रधानमन्त्रीले विश्वास र समर्थन गुमाई सक्नुभएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यस्तो बेलामा प्रधानमन्त्रीले संसदबाट राजीनामा घोषणा गर्नु उपयुक्त हुन्छ। उहाँले पहिलो पटक विश्वासको मत लिँदा २६८, दोस्रोमा १७२, तेस्रो र चौथो पटक १५७ मत प्राप्त गर्नुभयो। अब उहाँले विश्वासको मत लिँदा कति मत प्राप्त गर्नुहुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .