ad ad

कारोबार


भैरहवामा रनवेबाट निकालियो बुद्ध एयरको चिप्लिएको जहाज

‘हाइड्रोप्लानिङले भैरहवामा जहाज चिप्लिएको हुनसक्छ’
भैरहवामा रनवेबाट निकालियो बुद्ध एयरको चिप्लिएको जहाज

फाइल तस्बिर


नेपालखबर
असार २८, २०८१ शुक्रबार १८:४४, काठमाडौँ

बिहीबार राति भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो जहाज चिप्लिएको घटनाबारे बुद्ध एयरले प्रतिक्रिया दिएको छ। 

प्रारम्भिक अनुमानअनुसार पाइलटले जहाज रोक्ने र नियन्त्रण गर्ने भरपूर प्रयास गर्दागर्दै ‘हाइड्रोप्लानिङ’को कारणले जहाज धावनमार्गबाट चिप्लिएको हुनसक्ने कम्पनीको भनाइ छ। 

जहाज रोकिनासाथ पाइलटले भैरहवा एयरट्राफिक कन्ट्रोलरलाई जहाजको अवस्थाबारे जानकारी गराएको कम्पनीले उल्लेख गरेको छ। 

जहाजलाई अघि साँझ ६ बजे कम्पनीका प्राविधिक टोलीले रनवेबाट निकालेको बुद्ध एयरले जनाएको छ। 

जहाज चिप्लिएको घटनामा बुद्धले यसो भन्यो–

११ जुलाईका दिन खराब मौसमका कारण उडानहरु प्रभावित भएका थिए। यसै क्रममा उडान नं. ८०५, जहाज ९एन-एओसी काठमाडौंबाट भैरहवा ०७:३० बजेको उडान बेलुका २१:०३ मा मात्र भैरहवातर्फ उडेको थियो।

भैरहवा विमानस्थलमा अवतरण गरेलगत्तै विमान धावनमार्गको आधा बाटो नपुग्दै एक्कासि भारी वर्षा भएको थियो। पाइलटले जहाज रोक्ने र नियन्त्रण गर्ने भरपुर प्रयास गर्दागर्दै ‘हाइड्रोप्लानिङ’को कारणले जहाज धावनमार्गबाट चिप्लिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। 
यस किसिमकाे ‘हाइड्रोप्लानिङ’ घटना यदाकदा मात्रै हुने गरेकाे छ।

जहाज रोकिनासाथ पाइलटले भैरहवा एयर ट्राफिक कन्ट्रोलरलाई जहाजको स्थितिबारे जानकारी गराएका थिए। पाइलटले जहाजको स्थिति मूल्यांकन गरेर यात्रुहरुलाई सामान्य रुपमा जहाजबाट ओरालेका थिए। त्यसबखत पनि भैरहवा विमानस्थलमा भारी वर्षा भइरहेको हुँदा बुद्ध एयरका ग्राउण्ड स्टाफ तथा भैरहवा विमानस्थलको सहयोगले सम्पूर्ण ५६ जना यात्रुहरुलाई गाडीमा राखेर सुरक्षित रुपमा एयरपोर्टको एराइभल टर्मिनलमा पुर्‍याएका थिए। त्यसपश्चात् यात्रुहरु आ–आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका थिए।

घटनालगत्तै हामीले ‘इमरजेन्सी रिसपोन्स प्लान’लाई तदारुकताका साथ लागू गरेका थियौँ। त्यसैबखत काठमाडौंबाट अर्को जहाजमा उद्धार सामग्री/टुल्स तथा टेक्निकल टिम लिई राति १:३० बजे भैरहवातर्फ उडान भरेको थियो। जहाजलाई टेक्निकल टिमले आज साँझ ६ बजे रनवेबाट निकालेको छ। सो जहाजलाई बुद्ध एयरका टेक्निकल टिमले विस्तृत अनुसन्धान थालेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .